६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा युवा संघको प्रदर्शन



मकवानपुर । स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ ।

नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सत्तारुढ गठबन्धन विरुद्ध प्रदर्शन गरेको हो ।

संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्दि नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो ।

हेटौंडा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेपछि बुद्धचोकमा आयोजित सभामा संघका नेताहरुले सरकार चुनावदेखि डराएर भागेको आरोप लगाएका थिए ।

युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य आरती पाठक, दिलु घर्ती, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, नगर अध्यक्ष राकेश नगरकोटीले सरकारविरुद्ध बोलेका थिए ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०२ बजे

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार