१५ बैशाख २०८१, शनिबार | April 27, 2024

राष्ट्रिय सभा निर्वाचनको परिणाम – विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज : एमाले महासचिव पोखरेल



नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामलाई विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोजको संज्ञा दिएका छन् । राष्ट्रियसभा निर्वाचनको परिणाम आए लगत्तै सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पोखरेलले वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेको समेत बताएका छन् ।

उनले निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेको दाबी गर्दै नेकपा एमालेका अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएको जिकिर गरेका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा (एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ । ‘यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।’ उनले भनेका छन्, -‘गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।’

पोखरेलले निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा एमाले पहिलो दलको हैसियतमा कायम रहेको उल्लेख गर्दै अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने समेत दाबी गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ४१ बजे

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति