२४ असार २०८३, बुधबार | July 8, 2026

राष्ट्रिय सभा निर्वाचनको परिणाम – विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज : एमाले महासचिव पोखरेल



नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामलाई विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोजको संज्ञा दिएका छन् । राष्ट्रियसभा निर्वाचनको परिणाम आए लगत्तै सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पोखरेलले वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेको समेत बताएका छन् ।

उनले निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेको दाबी गर्दै नेकपा एमालेका अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएको जिकिर गरेका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा (एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ । ‘यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।’ उनले भनेका छन्, -‘गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।’

पोखरेलले निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा एमाले पहिलो दलको हैसियतमा कायम रहेको उल्लेख गर्दै अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने समेत दाबी गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ४१ बजे

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा