२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे



भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् ।

बुद्धबार सडक मार्ग हुँदै काठमाडांैबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने छन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा सिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।

टोलीले नै प्रविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

एरो थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेशनको पूर्वातयारी सम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेशन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भने ।

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ ।

महाप्रबन्धक दहालले वमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधिन विमानस्थल सञ्चालनका लागि प्रशासकीय तर्फ १५१ जना र सेवा प्रदायक तर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ ।

‘हाल ३४ प्रशासकीय तर्फ छौँ तत्काल नै संचालनमा आए र चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउदै जानुपर्छ । मेट्रोलोजी तर्फ १५–१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ । त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजश्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दहालले भने ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : ४० बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ