५ भदौ २०८३, शुक्रबार | August 21, 2026

मगर दिवसका अवसरमा मगर संसार डान्स आइडल २०७८ प्रतियोगिता हुँदै



बुटवल । मगर युवाहरुले संचालन गरेको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरी ग्रुप पेजले ूमगर संसार डान्स आईडल २०७८ू गर्ने भएको छ।

४० औं मगर एकता दिवस पन्ध्र फाल्गुनको अवसर पारी यही माघ २२ गते शनिवार देखी ३७ औं डान्स आईडल प्रतियोगिताको अडिसन सुरु गर्ने भएको हो।

१० बर्ष माथि उमेरकाले सहभागी जनाउन सकिने र अडिसन मगर संसार फ़ोटो ग्यालरी ग्रुप भित्र माघ २२ गते देखी माघ २८ गते सम्म चल्ने मगर संसार फ़ोटो ग्यालरी ग्रुपका संयोजक अनिल लामिछाने मगरले जानकारी दिए।

आयोजकका अनुसार अडिसनमा सहभागी प्रतियोगीहरूको डान्सको मूल्यांकन जज मार्फत हुनेछ र छनोटमा परेका प्रतियोगीहरु दोस्रो चरणको लागि योग्य हुनेछन्।

मगर संसार डान्स आइडलको निर्णायक मन्डलमा चर्चित डान्सर आरुषि मगर, नृत्य निर्देशक सुमन थापा मगर र एडमिन शान्ति राना मगर रहनेछ।

डान्स आइडलमा बीजेता हुनेले क्रमश रु.२५ हजार, पन्ध्र हजार, आठ हजार, पांच हज़ार र बीजेता नबनेका टपटेन भित्र पर्ने प्रतियोगीले दुइ।दुइ हजार र सम्मान पत्र पाउनेछन्।

डान्स आइडलले एउटा लुकेको प्रतिभालाई जन्माउने र प्रतियोगीको एक पैसा पनि खर्च नहुने गरी अनलाईन मार्फत मगर संसार डान्स आइडल आयोजना गरिएको संयोजक लामिछाने मगरले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ६ : १५ बजे

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक, वरिष्ठ नेता बालेन्द्र शाह मुस्ताङतिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।