२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मगर दिवसका अवसरमा मगर संसार डान्स आइडल २०७८ प्रतियोगिता हुँदै



बुटवल । मगर युवाहरुले संचालन गरेको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरी ग्रुप पेजले ूमगर संसार डान्स आईडल २०७८ू गर्ने भएको छ।

४० औं मगर एकता दिवस पन्ध्र फाल्गुनको अवसर पारी यही माघ २२ गते शनिवार देखी ३७ औं डान्स आईडल प्रतियोगिताको अडिसन सुरु गर्ने भएको हो।

१० बर्ष माथि उमेरकाले सहभागी जनाउन सकिने र अडिसन मगर संसार फ़ोटो ग्यालरी ग्रुप भित्र माघ २२ गते देखी माघ २८ गते सम्म चल्ने मगर संसार फ़ोटो ग्यालरी ग्रुपका संयोजक अनिल लामिछाने मगरले जानकारी दिए।

आयोजकका अनुसार अडिसनमा सहभागी प्रतियोगीहरूको डान्सको मूल्यांकन जज मार्फत हुनेछ र छनोटमा परेका प्रतियोगीहरु दोस्रो चरणको लागि योग्य हुनेछन्।

मगर संसार डान्स आइडलको निर्णायक मन्डलमा चर्चित डान्सर आरुषि मगर, नृत्य निर्देशक सुमन थापा मगर र एडमिन शान्ति राना मगर रहनेछ।

डान्स आइडलमा बीजेता हुनेले क्रमश रु.२५ हजार, पन्ध्र हजार, आठ हजार, पांच हज़ार र बीजेता नबनेका टपटेन भित्र पर्ने प्रतियोगीले दुइ।दुइ हजार र सम्मान पत्र पाउनेछन्।

डान्स आइडलले एउटा लुकेको प्रतिभालाई जन्माउने र प्रतियोगीको एक पैसा पनि खर्च नहुने गरी अनलाईन मार्फत मगर संसार डान्स आइडल आयोजना गरिएको संयोजक लामिछाने मगरले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ६ : १५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष