१३ बैशाख २०८३, आइतबार | April 26, 2026

खजुरा गाँउपालिकाका सुकुम्बासीले पाए सित्तैमा पक्की घर



खजुरा । बाँकेको खजुरामा स्थानीय सरकारले तयार गरेको सामुहिक आवास आश्रय बिहिन विपन्न  वर्गका परिवारलाई हस्तान्तरण गरिएको छ । २१ परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने लक्ष्य सहित गाँउ पालिकाले सुरु गरेको सामुहिक आवास गृह पहिलो चरणमा १६ परिवारलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच एमाले महासचिव तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले आश्रित परिवारलाई घर हस्तान्तरण गरे ।

खजुरा– ३, बि बोरिङमा तयार पारिएको १६ वटा घर आज औपचारिक कार्यक्रम गरि आश्रित परिवारलाई महासचिव पोखरेलले हस्तान्तरण गरेका थिए ।

सामुहिक आवासको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गरे। स्थानीय तहको निर्वाचन सम्पन्न नगरी रिक्त बनाउने प्रयास गरिदैंछ”, पोखरेलले भने,– “वर्तमान पाँचदलीय गठबन्धन जनतामाझ जान डराइरहेको छ ।”

वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको महासचिव पोखरेलले दाबी गरे ।

गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले तराई मधेस समृद्धि कार्यक्रमको ७० लाख रुपिया लागतमा १६ घर तयार गरेर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिउको जानकारी दिए । उनले डेढ बिगाह क्षेत्रफल रहेको सरकारी जग्गामा व्यवस्थित आवास तयार गरि हस्तान्तरण गरिएको बताए । गाँउपालिकाले सोही कार्यक्रम अन्तर्गत ‘अघिल्लो वर्ष २० वटा घर अति विपन्न  परिवार बसोबास गरिरहेकै स्थानमा पक्की घरेलु  निर्माण गरिदिएको थियो, ।

सामुहिक आवासको अवधारणा प्रभावकारी हुनेमा अध्यक्ष कक्षपतिले विश्वास व्यक्त गरे । गाँउपालिकाले बनाईदिएको सामुहिक आवास क्षेत्रमा कम्पाण्डवालसहित १६ वटा तयारी घर,, शौचालय सहित आन्तरिक सडक समेत बनाईदिएको छ ।

१६ वटा घर निर्माण भइसकेको र यस वर्ष थप ५ वटा घर निर्माण भइरहेको कक्षपतिले बताए ।

थप घर निर्माणका लागि ४२ लाख लागत अनुमान गरिएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले बताए । पौडेलका अनुसार तयार भइसकेका १६ घर मध्ये १५ घरमा लक्षित परिवार बस्न थालिसकेका छन् ।

हस्तान्तरण कार्यक्रममा प्रतिनिधीसभा सांसद सुजिता शाक्य, प्रदेश सांसद बाबुराम गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, मो. हारुन लगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : २९ बजे

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा