१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सत्तारूढ गठबन्धनको बैठक आजै अपरान्ह पुन: बस्ने



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह पुन: बस्ने गरी स्थगित भएको छ ।

निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको हो ।

अब बस्ने बैठकमा स्थानीय तह र अन्य  निर्वाचनबारे सामान्य छलफल भएको छ । राष्ट्रपति, निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल लगायतले स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारूढ दलले भने तीनै तहको निर्वाचन एकैसाथ गर्ने प्रयासमा छन् । उनीहरूले संविधानको धारासँग स्थानीय तहको निर्वाचनसम्बन्धी कानून बाझिएको बताइरहेका छन् ।

करिब १ घण्टा बसेको गठबन्धनको बैठकमा निर्वाचन मिति घोषणाबारे सहमति ननजुटेपछि शीर्ष नेताहरूबी छलफल भएको थियो । त्यसपछि ४ बजे पुन: बैठक बस्ने सहमति भएको हो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ५० बजे

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक