२४ असार २०८३, बुधबार | July 8, 2026

प्रधानमन्त्री देउवासँग प्रचण्डले गरे एमसीसी सम्झौता संशोधनको प्रस्ताव



काठमाढौं । एमसीसी अनुमोदन नगरे सत्ता गठबन्धननै टुट्न सक्ने चर्चा चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष एमसीसी सम्झौता संशोधनको प्रस्ताव राखेका छन् । सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले एमसीसी सम्झौता संशोधनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

नेताहरुको भेटवार्तामा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार स्रोतले दाबी गरेको छ । प्रचण्डले एमसीसीका केही बुँदा संशोधन नगरि पारित गर्न नहुने भन्दै संशोधन गरेर मात्र पारित गर्नु पर्ने प्रस्ताव गरेको स्रोतले उल्लेख गरेको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भएपनि हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका प्रतिनिधिसभा सभामुख अग्नी सापकोटाले बैठक सार्दे समेत गइरहेका छन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : २९ बजे

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

भैरहवा । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक

सभामुख र एमाले सांसदबीच जुहारी, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको