१३ बैशाख २०८३, आइतबार | April 26, 2026

आजको मौसम : पश्चिम वायुको प्रभाव, केही प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । बुधबार रातिदेखि यसको प्रभाव बढ्ने महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाको आकलन छ ।

त्यस्तै, आज राति राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ०० बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र