२४ असार २०८३, बुधबार | July 8, 2026

पार्टीको माग सम्बोधन नभएसम्म एमाले कुनै एजेन्डामा सहभागी हुँदैन : शंकर पोखरेल



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।

एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : १० बजे

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि