२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै विरोध र्‍याली



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै बिहीबार विरोध र्‍याली निकालेका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतको ध्यानाकर्षण गर्दै विरोध र्‍याली निकालेका हुन् ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेको र्‍याली दशरथ रङ्गशालाको मुलगेटमा पुगेर समापन भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादको मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ । जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेको छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधि ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बोधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्या निराकरण गरी गाँठो फुकाउन आव्हान गर्दै विरोध र्‍याली आयोजना गरेको हो ।

‘खेलकुद ऐनमा राखेपमा सदस्यसचिव नहुँदा अथवा भ्याकुम रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरिएको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’ कर्मचारी संघका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : २४ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर