१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आजको मौसम : देशभर मौसम सफा रहने



काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ ।

आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रहने महाशाखाको भनाइ छ । देशभर सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ५७ बजे

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री