१२ बैशाख २०८१, बुधबार | April 24, 2024

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अनेरास्ववियुले गर्‍यो थप आन्दोलनको घोषणा



बुटवल । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग गर्दै सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयअघि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेको भन्दै अनेरास्ववियुले थप कार्यक्रम घोषणा गरेको हो ।

अनेरास्ववियुले मंगलबार रूपन्देहीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका गाडी चल्न रोक लगाउने र २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

सोमबार आन्दोलनका क्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रूपन्दही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, जिल्ला सदस्य तथा बुटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिर, जिल्ला कमिटी सदस्य गुनबहादुर श्रेष्ठ, बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष गोविन्द रिजाल, सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी अध्यक्ष समिर अधिकारीलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।

नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : १४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको