१५ भदौ २०८३, सोमबार | August 31, 2026

वामदेव गौतमले भने : एमसीसी फिर्ता लैजाऊ



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन् । उनका अनुसार विवादित परियोजनाले नेपालको अहित गर्नेछ ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ ।

नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ ।

उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी परियोजनाका कारण सत्तारूढ पाँचदलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ३९ बजे

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य