२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !



काठमाडौं । प्रमुख विपक्षी दल एमालेका सांसदहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोल्न हिच्किचाएका छन् । बोल्दा विवादित हुने डर उनीहरूमा देखिएको छ । संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै एमसीसीसम्बन्धी बहस भने चर्किएको छ ।

यहीबेला सोही पार्टीका सांसदहरू तीर्था गौतम (रुकुम), वसन्तकुमार नेम्बाङ (पाँचथर) र भूमिप्रसाद त्रिपाठी (धादिङ)ले एमसीसीबारे बोल्नै चाहेनन् ।

सांसद गौतमले भनिन्, ‘अहिल्यै एमसीसीबारे बोल्न मन छैन । बोल्नै परे पनि पास भएपछि बोलौंला । अहिले बोल्दा विवादित हुन्छु होला ।’

गौतमलाई ‘एमसीसी परियोजना के हो ? यसले राष्ट्र हित वा अहित के गर्छ ? हित गर्छ भने कसरी ? गर्दैन भने कसरी ? भनेर सोध्दा यसबारे विवादित हुन सक्ने भन्दै नबोलेपछि पाँचथरे सांसद नेम्बाङलाई सोध्दा उनले पनि बोल्न चाहेनन् ।

यसपछि सांसद त्रिपाठीलाई सोध्दा उनले अहिलेको एमसीसीबारे छलफलभन्दा पनि पहिले १४ सांसदलाई कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् खुलाउने वातावरण बनाउनु पर्ने बताए । ‘अहिले एमसीसीबारे बहस गर्ने बेला होइन । हाम्रो एजेण्डा थाहै छ तपाईंहरूलाई कि हामी संसद् खुलाउन सभामुखले हामी (एमाले) ले कारबाही गरेका सांसदहरूलाई पदमुक्त गराउन माग गर्दै आएका छौँ । होइन भने राजीनामा दिनुपर्ने भन्दै आएका छौँ । त्यही भएर एमसीसीले हित गर्छ गर्दैन भन्ने बहस नगरौँ,’ सांसद त्रिपाठीले भने ।

सरकारदेखि बाहिएपछि एमालेले एमसीसी अनुमोदन गर्ने पक्ष की विपक्षमा भन्ने स्पष्ट पारेको छैन । सरकारमा रहँदा भने एमालेको जोड अनुमोदन गराउनु पर्नेमा थियो ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : २२ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज