१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रतिनिधि सभाको भोलिको बैठकको कार्यसूची सार्वजनिक, सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक



काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७र७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक समेत बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।

यस्तै, सभामुख सापकोटाले बुधबारकै बैठकमा संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : १७ बजे

रसुवागढीे सुरुङमा कोही फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक