काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७र७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।
बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक समेत बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।
सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।
यस्तै, सभामुख सापकोटाले बुधबारकै बैठकमा संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।




















प्रतिक्रिया