२८ असार २०८२, शनिबार | July 12, 2025

पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’को संज्ञा



काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्धार’ को संज्ञा दिँदै निष्काशन गरेको हो ।

एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीको नयाँ नेतृत्वमा आलोक रायमाझीलाई सर्वसम्मत चयन गरेको छ । ‘१४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गोपाल किराँतीलाई गद्धार घोषणा गर्दै निष्काशनको कारवाही गरेको छ । साथै, उक्त बैठकले आलोक रायमाझीर्लाइ सर्वसम्मतिले केन्द्रीय समिति अध्यक्ष निर्वाचित गरेको छ,’

एनेकपाद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबीचमा अदालतको फैसालाले हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जर्वजस्ती माओवादी केन्द्र थमाइयो ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ३४ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन