१५ भदौ २०८३, सोमबार | August 31, 2026

माओवादी र जसपा त्यागेर रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश



बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष बनेका हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता समाजवादी पार्टीबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष जितेका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका अध्यक्षद्वयले तराईको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने नेता कार्यकर्तालाई समेत प्रवेश गराएका छन् । एमालेले रुपन्देहीको धकधईमा आयोजित एक समूहबीच पार्टी प्रवेश गराएको हो ।

त्यस अवसरमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले एमालेले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने बताए । ‘२०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धन निर्वाचन भाँड्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दिशामा उद्यत रहेको आरोप लगाउँदै त्यसैको पहिलो प्रहार न्यायालयमा परेको बताए । प्रधानन्यायाधीशमाथिको महाभियोग गठबन्धनको राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले ल्याएको र यसले प्रतिपक्षीसँगको दूरी बढाएको भन्दै यसको एमालेले सशक्त प्रतिरोध गर्ने बताए । ‘राजनीतिक स्वार्थको प्रयोग न्यायालयमा गरियो, यसबाट गठबन्धनले गलत संस्कार र प्रवृत्तिको सुरुवात गरेको छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले कुनै पनि बहानामा निर्वाचन भाँड्ने षडयन्त्र भए त्यसलाई स्वीकार गर्न नसकिने पनि बताए । एमाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि पौडेलको भनाई छ ।

एमाले सचिव छविलाल विश्वकर्माले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गरी बहुमत स्थानमा विजयी हासिल गर्न सक्षम रहेको बताए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ०५ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,