१४ बैशाख २०८३, सोमबार | April 28, 2026

एमसीसीबारे सभामुख सापकोटाले भने – म त रेफ्री मात्रै हो, निर्णायक दलहरु नै हुन्



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको विषयमा आफु रेफ्री मात्रै भएको बताएका छन् ।

आफुले बोलाएको सर्वदलीय बैठकपछि बोल्दै सभामुख सापकोटाले एमसीसीको विषयमा दलहरुकै भूमिका निर्णायक हुने स्पष्ट पारेका हुन् । बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो । सापकोटाले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने स्पष्ट पारे । उनले भने, ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन ।’

सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताए । बैठकमा आफुले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न नेताहरुलाई भूमिका खेल्न आग्रह गरेको बताए । सापकोटाले भने, ‘राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको छ ।’

सभामुख सापकोटाले सर्वदलीय बैठक विशेष भएको बताए । उनले संसद्को अवरोध हटाउने विषयमा प्रतिपक्षलाई समेत सहमतमा ल्याउन नेताहरूले पहल गर्ने विश्वास व्यक्त गरे । ‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु’सापकोटाले बताए ।

सापकोटाले आफु अहिलेको अवस्थामा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा सहभागी एमाले बाहेकका दलका शीर्ष नेता सम्मिलित सर्वदलीय बैठक झण्डै चार घण्टा चलेको थियो । एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २८ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११