६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एमसीसीबारे सभामुख सापकोटाले भने – म त रेफ्री मात्रै हो, निर्णायक दलहरु नै हुन्



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको विषयमा आफु रेफ्री मात्रै भएको बताएका छन् ।

आफुले बोलाएको सर्वदलीय बैठकपछि बोल्दै सभामुख सापकोटाले एमसीसीको विषयमा दलहरुकै भूमिका निर्णायक हुने स्पष्ट पारेका हुन् । बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो । सापकोटाले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने स्पष्ट पारे । उनले भने, ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन ।’

सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताए । बैठकमा आफुले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न नेताहरुलाई भूमिका खेल्न आग्रह गरेको बताए । सापकोटाले भने, ‘राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको छ ।’

सभामुख सापकोटाले सर्वदलीय बैठक विशेष भएको बताए । उनले संसद्को अवरोध हटाउने विषयमा प्रतिपक्षलाई समेत सहमतमा ल्याउन नेताहरूले पहल गर्ने विश्वास व्यक्त गरे । ‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु’सापकोटाले बताए ।

सापकोटाले आफु अहिलेको अवस्थामा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा सहभागी एमाले बाहेकका दलका शीर्ष नेता सम्मिलित सर्वदलीय बैठक झण्डै चार घण्टा चलेको थियो । एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया