२० मंसिर २०८२, शनिबार | December 7, 2025

एमआरपीको मूल्य चार गुणा महँगो, प्रतिगोटा १८ डलर



काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतमा छाप्ने निर्णय गरेको मेसिन रिडेबल पासपोर्टको अहिले प्रचार गरिएको प्रतिगोटा ४ अमेरिकी डलरभन्दा वास्तविक मूल्य झन्डै चार गुण महँगो हुने तर गुणस्तर भने अन्तर्राष्ट्रिय मापदण्डभन्दा झन् कमजोर हुने भएको छ ।

स्रोतका अनुसार प्रतिपासपोर्टलाई ४ डलर (करिब ३ सय रुपैयाँ) मा छाप्ने भनिए पनि त्यो भित्री पानाहरुको छपाइको खर्च मात्रै हो । कभर पेज छाप्ने खर्च त्यसमा जोडिएको छैन । त्यस्तै कम्प्युटर रिडेबल प्रिन्टर एमआरपीको वितरण र अध्यागमन प्रयोजनका लागि परराष्ट्र मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफ्टवेयर मर्मत खर्च, यो पासपोर्ट वितरण गर्न सक्षम परराष्ट्र मन्त्रालयका कर्मचारीलाई दिइने तालिम खर्च, सेन्ट्रल डाटा बेस निर्माण खर्च र डिजास्टर रिकोभरी सिस्टम बनाउनका लागि लाग्ने खर्च पनि नेपालले छुट्टै बेहोर्नुपर्ने भएको छ ।

यी सबैका लागत करिब १८ डलर (करिब १३ सय ५० रुपैया) सरकारी ढिकुटीबाट खर्च हुनेछ । ४ डलरको प्रचार गरेर १८ डलर तिरेर पासपोर्ट किनिँदै छ । अहिले सुरुमै ४० लाख पासपोर्टको १० प्रतिशतका दरले मात्रै कमिसन आयो भने पनि करिब ५६ लाख डलर (झन्डै ४२ करोड रुपैयाँ) कमिसन हुन आउँछ । ‘अहिले पासपोर्ट छपाइका लागि भएको सबै खेल त्यसको लागि हो,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी भन्छन् ।

तत्कालीन शिष्टाचार महापाल अरुणप्रसाद धितालको संयोजकत्वमा गठन गरिएको एमआरपी अध्ययन कार्यदल २०६४ ले पुसमा बुझाएको प्रतिवेदनमा पोलिकार्बोनेटेड भएको ६० पेजको पासपोर्ट ४ डलर पर्ने उल्लेख छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ५७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल