२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेसको १६ जिल्ला अधिवेशन दुई दिन पछि धकेलियो



काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ ।

केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रहअनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन अब १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो । निर्वाचन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

क्रियाशील सदस्यताका विवादको कारण मधेस प्रदेशका आठैवटा जिल्लासहित चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपुर, बाँके, अछाम र कैलालीको अधिवेशन रोकिएको छ ।

यस्तै १६ जिल्लाबाहेक निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति १० फागुनभित्रै हुने निर्णय भएको समितिले जनाएको छ ।

पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा त्यो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदको उम्मेद्वार हुन नमिल्ने पनि समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : ४७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले