२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सत्ता गठबन्धनको बैठकअघि प्रचण्ड र माधव नेपालबीच छलफल



काठमाडौं । एमीसी विवादका कारण सत्ता गठबन्धको भविष्य संकटमा परेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

सत्ता गठबन्धनको निर्णायक बैठक बस्नुअघि गठबन्धनमा आवद्ध दुई शीर्ष कम्युनिष्ट नेताबीच भेटवार्ता भएको हो । साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । दुई नेताहरुको छलफलकैबीच जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

छलफलपछि संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुहरुको जोड गठबन्धन जोगाउनमै रहेको बताए । ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ’, प्रचण्डले भने, जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपाललले भने धेरै कुरा बिग्रिँदै गएको बताए ।

माओवादी र एकीकृत समाजवादीले दलहरुबीच सहमति नभै संसदमा एमसीसी टेबल गर्न नहुने अडान राखिरहेका छन् । माओवादीले त जबरजस्ती संसदमा पेश गरिए सरकार छोड्नेसम्मको निर्णय गरेको छ ।

एमसीसीकै विषयमा आजै बिहान प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : १९ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच