काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ गएका छन् ।
केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटतर्फ निस्किएका हुन ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए ।
बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग कुरा गरेका थिए ।
प्रधानमन्त्री देउवा एमसिसी संसदमा टेबल गर्ने र पारित गर्ने कुरामा दृढ छन् । सत्तारूढ गठबन्धनका नेताहरूलाई पनि उनले यही कुरा भन्ने गरेका छन् ।



















प्रतिक्रिया