३१ भदौ २०८३, बुधबार | September 16, 2026

एक खेल अगावै भारतले जित्यो टी-ट्वान्टी सिरिजको उपाधि



काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो कब्जामा पारेको छ । कोलकत्तामा गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सकेको थियो ।

वेस्ट इन्डिजका रोभम्यान पावेलले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । ब्राण्डन किङ २२ तथा केली मेयर्स ९ रनमा आउट भए ।

भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो ।

भारतका लागि ऋषव पन्तले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । विराट कोहलीले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा भेन्कातेस आयरले ३३ रन जोडे ।

कप्तान रोहित शर्माले १९ रन जोड्दा आउट भए । वेस्ट इन्डिजका रोस्टन चेसले ३ विकेट लिए । यो जितसँगै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३४ बजे

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा