काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा निर्णायक छलफल गर्न भन्दै गठबन्धनका शीर्ष नेताहरु बैठकमा बसेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा मध्यमार्गी बाटो खोजेर एमसीसी संसदमा पेश गर्ने विषयमा छलफल हुन लागेको हो । यसअघि शनिबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकमा एमसीसी संसदमा पेश गर्ने तर भोट गर्ने विषयमा सांसदहरुलाई स्वतन्त्र छोड्ने सहमति भएको बताइएको थियो ।
एमसीसीकै कारण गठबन्धन नै धरापमा पर्ने भएपछि साझेदार दलहरु एक कदम पछि हट्दै सहमति खोज्न प्रयासरत रहेको बताइएको छ । एमसीसकै कारण शक्ति राष्ट्रहरु समेत प्रतिक्रियामा उत्रिन थालेपछि दलहरु थप दबाबमा परेका छन् ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन् ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सहमति जुटेमा सरकारले आजै संसदमा एमसीसी टेबल गर्नेछ ।



















प्रतिक्रिया