१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसी संसदमा टेवल गर्न सत्ता गठबन्धनबीच सहमति



काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धन संसदमा एमसीसी टेबल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी टेबल गर्नेमा सहमति खोजेको हो ।

माओवादी र एकीकृत समाजवादीले सहमति दिएसँगै अब आजै दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुनेछ ।

यससँगै तत्काल सत्ता गठबन्धन टुट्ने समस्या टार्न नेताहरु सफल भएका छन् । तर, एमसीसी पारित गर्ने विषयमा भने गठबन्धनका दलहरुबीच अझै पनि सहमति जुट्न सकेको छैन ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने एमसीसी आज टेबल हुन्छ । त्यसपछि अब जे हुन्छ, त्यहीँ हुन्छ ।’

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ । गठबन्धन दलहरुबीच सहमति भएसँगै अब केही बेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई आजको संसद बैठकको कार्यसूची बनाउनेछ ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १८ बजे

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक