३ पुस २०८२, बिहिबार | December 18, 2025

एमसीसी संसदमा टेवल गर्न सत्ता गठबन्धनबीच सहमति



काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धन संसदमा एमसीसी टेबल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी टेबल गर्नेमा सहमति खोजेको हो ।

माओवादी र एकीकृत समाजवादीले सहमति दिएसँगै अब आजै दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुनेछ ।

यससँगै तत्काल सत्ता गठबन्धन टुट्ने समस्या टार्न नेताहरु सफल भएका छन् । तर, एमसीसी पारित गर्ने विषयमा भने गठबन्धनका दलहरुबीच अझै पनि सहमति जुट्न सकेको छैन ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने एमसीसी आज टेबल हुन्छ । त्यसपछि अब जे हुन्छ, त्यहीँ हुन्छ ।’

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्दैछ । गठबन्धन दलहरुबीच सहमति भएसँगै अब केही बेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई आजको संसद बैठकको कार्यसूची बनाउनेछ ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका