४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी छलफलका लागि संसदीय समितिमा पठाउन प्रचण्डको प्रस्ताव



काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्नेमा भने कुनै टुंगो लागेको छैन ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राखेको विषयबारे उनको सचिवालयले दुई बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रेस संयोजक रमेश मल्लका अनुसार सत्तारुढ गठबन्धन बैठकमा प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री देउवाले टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहेको मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ५५ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म