४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री देउवाले भने – एमसीसी अब पास हुन्छ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब संसदबाट पास हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसदभवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अब पास हुने बताएका हुन् । देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको भन्दै अब पास हुने बताए । ‘अब एमसीसी के हुन्छ भन्ने ?’ संचारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने , ‘अब पास हुन्छ।’

सरकारले आजै मात्र संसदमा अधिकांश सांसदहरुको नाराबाजीका बीच एमसीसी टेबल गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गर्ने बेलामा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका धेरैजसो सांसदहरुसहित एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका सांसदहरुले एमसीसीको विरोधमा नारावाजी गरेका थिए ।

यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी संसदमा पेश गर्ने सहमति गरेको थियो । तर एमसीसीमा मतदान गर्ने विषयमा भने दलहरुबीच अझै कुरा मिलिसकेको छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ३१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा