१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रधानमन्त्री देउवाले भने – एमसीसी अब पास हुन्छ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब संसदबाट पास हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसदभवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अब पास हुने बताएका हुन् । देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको भन्दै अब पास हुने बताए । ‘अब एमसीसी के हुन्छ भन्ने ?’ संचारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने , ‘अब पास हुन्छ।’

सरकारले आजै मात्र संसदमा अधिकांश सांसदहरुको नाराबाजीका बीच एमसीसी टेबल गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गर्ने बेलामा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका धेरैजसो सांसदहरुसहित एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका सांसदहरुले एमसीसीको विरोधमा नारावाजी गरेका थिए ।

यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी संसदमा पेश गर्ने सहमति गरेको थियो । तर एमसीसीमा मतदान गर्ने विषयमा भने दलहरुबीच अझै कुरा मिलिसकेको छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ३१ बजे

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।