३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

‘लाफा’ बि लेभल व्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि लाफाकै बिबेक र मनोजको जोडीलाइ



बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा सम्पन्न ‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै बिबेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन ।

सुख्खानगरस्थित लाफा कबर्ड हलमा आईतबार राती अबेर सम्पन्न खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र बिधान गुरुङको जोडीलाई २६–२४, २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । विजेता न्यौपाने र फौदारको जोडीले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन ।

उपविजेता रायमाझी र गुरुङको जोडीले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन । खेलमा लाफा समुहका सुशिल गिरि र बिन्जन बस्नेतको जोडी तथा दाङका हिमान्सु कुवर र सुरज गुप्ताको जोडी तृतिय हुदै नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

भेट्रान्सतर्फको उपाधि (बुटवल ब्याडमिन्टन एकेडेमी) का बिरेन्द्रसिह बिष्ट र अनिल लाखेको जोडीले हात पारेका छन । फाईनलमा (एमजी क्लब) का बसन्त चर्तीमगर र पुरन रानामगरको जोडीलाई २१–१७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका छन ।
उपाधिसंगै उनिहरुले नगद २५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता चर्तीमगर र रानामगरको जोडीले नगद १५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा (तामनगर ब्याडमिन्टन क्लब) का मधु पुलामी र अनिल कुमार शाक्यको जोडी तथा गल्याङ ब्याडमिन्टन क्लबका मन बहादुर थापा र खग्रेन्द्र रेगामीको जोडी तृतिय हुदै नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । लाफाका मनोज फौदार प्रतियोगितामा सर्वोत्कृट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरे, समुहका अध्यक्ष तारा रेश्मीमगर, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले पुरस्कार वितरण गरेको कार्यक्रमको संचालन यसपाल चौतारेले गरेका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका गरि खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएको खेल संयोजक पुरन गाहाले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान आयोजकको छ । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : २५ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि