४ पुस २०८२, शुक्रबार | December 19, 2025

वैदेशिक रोजगारीमा २० करोडको ठगीका उजुरी



काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ।

गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए। माघसम्म २० करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ३८ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले पाँच करोड ८० लाख १३ हजार १ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ । यो अवधिमा ६३ उजुरीमा मिलापत्र हुँदा चार करोड ९२ लाख ८३ हजार ६ सय ८५ युवाले पैसा फिर्ता पाएका छन् ।

विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको