९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग



न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् ।

रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए ।

यसअघि गएराति रुसी राष्ट्रपभि भ्लादिमिर पुटिनले युक्रेको डोनवास क्षेत्रमा रहेका लुहान्स्क र डोन्स्टेकलाई स्वतनत्र देशको मान्यता दिँदै त्यहाँ शान्तिस्थापनार्थ रुसी सेना पठाउने घोषणा गरेका थिए । झण्डै ४० लाख जनसंख्या रहेको त्यस क्षेत्रमा अधिकांश रुसी भाषी नागरिकको बसोबास रहेको छ । सन् २०१४ देखि त्यो क्षेत्र रुस समर्थक विद्रोहीहरुको नियन्त्रणमा रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र

नेपाल-भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत