४ पुस २०८२, शुक्रबार | December 19, 2025

देउवालाई ओलीको सन्देश : सरकार ढाल्दैनौं, दुई तिहाई नजिक पुर्‍याउँछौं, अघि बढ्नुस्



काठमाडौं । एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए ।

गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत वा आफैं पुगेर प्रयास जारी राखेका छन्।

केही दिन अघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोट निकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछु बालकोट निकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’

देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने जिम्मा आफूहरुको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पूर्‍याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ३१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा