९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका छन् । उनीहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता जारी छ ।

ओली केहीबेर अघि बालुवाटार पुगेको र अहिले कुराकानी भइरहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

संसद्‌मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन् ।

उसो त एमसीसी टेबल हुनुअघि पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो । दुवैतिरका विश्वासपात्रमार्फत् समेत संवाद भएको थियो ।

एमसीसीका विषयमा एमालेले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन । आजै दिउँसो मात्र अमेरिकी राजदूत रेन्डी बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । उनीहरूबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ०० बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका