४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका छन् । उनीहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता जारी छ ।

ओली केहीबेर अघि बालुवाटार पुगेको र अहिले कुराकानी भइरहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

संसद्‌मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन् ।

उसो त एमसीसी टेबल हुनुअघि पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो । दुवैतिरका विश्वासपात्रमार्फत् समेत संवाद भएको थियो ।

एमसीसीका विषयमा एमालेले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन । आजै दिउँसो मात्र अमेरिकी राजदूत रेन्डी बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । उनीहरूबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ०० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा