१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन : नेम्वाङ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् ।
बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने छसहमति भएको बताए ।

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए ।

उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।

नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए ।
उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए ।

‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,’ नेम्वाङले भने, ‘हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २९ बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा