८ भदौ २०८३, सोमबार | August 25, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुँदै



काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ । बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन् ।

कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ ।

बिहीबारकै बैठक सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग छलफल गरेका थिए ।

सरकारले एमसीसीको पक्षमा एमालेलाई मनाउन बैठक सारेको बालुवाटार स्रोतले बताएको थियो । बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन् ।

एमालेले केही सर्त अगाडि सारेपछि ठोस् निर्णय भने भइसकेको छैन । बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : २५ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा