२ बैशाख २०८३, बुधबार | April 15, 2026

युक्रेनमा रुसी आक्रमणः १३७ युक्रेनी नागरिकको मृत्यु



काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको हो ।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । रुसले बिहीबार बिहानदेखि आक्रमण तीव्र पारेको छ । युक्रेनले आफ्नो देशको रक्षा गर्ने बताएपछि प्रतिवादमा आक्रमण बुन्न सकेको छैन ।

तर रुसले एकपछि अर्को गरि आक्रमण गरिरहेको छ । रुसको आक्रमणपछि मानिसहरु भागेर छिमेकी देशतर्फ जान हजारौँ लाइन लागेका छन् । राजधानी किभबाट आफ्नो गाडी र कतिपय पैदल हिडेर मानिसहरु देश छाड्न लागिरहेका छन् ।

तर युद्धका कारण मानवअधिकारकर्मी विष्फोट भएका ठाउँमा पुग्न नसकेका कारण मृत्यु भएकाको स्वतन्त्र पुष्टि हुने एकिन संख्या आउन सकेको छैन । साथै युक्रेनी सीमा रक्षक सेवा डीपीएसएले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका पुरुषलाई सीमाबाट देशबाहिर जान रोक लगाएको छ ।

युक्रेनलाई आक्रमण गरेपछि विश्व शक्ति राष्ट्रले रुसमाथि एकपछि अर्को गरि प्रतिबन्ध लगाएका छन् तर रुसले आक्रमण रोकेको छैन । जसकारण युक्रेनमा अझै ठूलो क्षति हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ४८ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले