काठमाठौं । प्रतिनिधिसभा बैठक फेरि एकपटक सूचना टाँसेर स्थगित भएको छ ।
बिहीबार सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
तर, विवादास्पद एमसीसी सम्झौता सैद्धान्तिक छलफलका लागि पेश गर्ने या नगर्ने विषयमा दलहरुबीच सहमति बन्न नसकेपछि सरकारले पुनः दुई दिनको समय माग गरेको हो ।
अब अर्को बैठक फागुन १५ गते मात्र बस्ने भएको छ ।



















प्रतिक्रिया