बुटवल । भारतीय गोर्खा पूर्व सैनिकहरुले अवकासपछि पेन्सन प्राप्त गर्ने कागजी प्रक्रिया झन्झटिलो भएको भन्दै गुनासो गरेका छन् । शुक्रबार बुटवल भ्रमणका आएका भारतीय गोर्खा सैनिक प्रमुख गोर्खा ब्रिगेडर पिएन अनन्तनारायण सेनामेडललाई स्वागतपछि पूर्व सैनिकहरुले उक्त गुनासो व्यक्त गरेका हुन् ।
अनन्तनारायणलाई बुटवलका पूर्व सैनिकहरुले पञ्चे बाजासहित स्वागत गरेका थिए । सो अवसरमा बोल्दै ब्रिगेडर अनन्तनारयणले पूर्व सैनिकहरुका गुनासाहरु सुन्दै समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गोर्खा सैनिकहरुको योगदान अतुलनीय रहेको बताउँदै उनले त्यसको सम्मानका लागि पनि उनीहरुको सेवालाई थप प्रभावकारी झन्झटरहित बनाउनुपर्नेमा आफू सकारात्मक रहेको बताए ।
ब्रिगेडर अनन्तनारायणले आगामी २ वर्ष भित्र बुटवल र धनगढीमा गोर्खा सैनिकका बालबालिकाहरु लक्षित विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए । पूर्व सैनिकका बालबालिकाहरुका लागि पठपाठन गराउन यसअघि नै काठमाण्डौं, पोखरा र धरानमा भारतीय सरकारको सहयोगमा केन्द्रीय विद्यालय स्थापना भएको छ ।
कार्यक्रमका अवसरमा भारतमा भएका बिभीन्न लडाईहरुमा योगदान पुर्याएका भिसी प्राप्त गरेका परिवारलाई सम्मान गरिएको थियो । नेपाल स्थित भारतीय दुताबासको रक्षा सहचरी कर्णल अमित शर्मा, संयुक्त भुुतपूर्व सैनिक महासंघका अध्यक्ष कर्नेल धनबहादुर थापा लगाएतले बोलेका थिए ।
उक्त अवसरमा भारताको गेलेसियर क्षेत्रमा डिउटीका क्रममा सहदात प्राप्त गरेका अमित काफ्लेको परीवारलाई २४ लाख राशीको चेक हस्तान्तरण गरिएको छ । नेपा भ्रमणमा रहेका पिएन अन्नतनारायणले निमार्णधिन अवस्थामा रहेको सुनवलको बिर गोर्खा सहिद स्मारक पार्कको समेत निरीक्षण गरेको संयुक्त भुपु सैनिक महासंघका केन्द्रीय महासचिब कुल बहादुर केसीले बताए ।



















प्रतिक्रिया