६ श्रावण २०८३, बुधबार | July 22, 2026

मेरी उनीलाई….



तिमी मेरो साथमा छ्यौ
र त म
चङ्गाझैँ उडिरहेको छु ।
तिमी मेरो हरेक अभाबहरूमा उपस्थित छ्यौ
र त म
सन्तुष्टिले भरिपूर्ण भएको छु ।
तिमी मेरो चाहना हौ
र त म
प्राप्तिले मख्ख छु ।
अभाबैअभाबको गंजागोलमा
तिम्रो प्रवेशले चाहपूर्ति भएको क्षण

कल्पनामा चुर्लुम्म डुबेर तिमीलाई कल्पिरहन्छु ।
सुखको संसारबाट ल्याएर
दुस्खको पीरामिड सुम्पेर

प्रफुल्लित भइरहेँ
तिमीले दुःखको आभास दिइनौ
तिमीले आत्मासात गरिरह्यौ ।
कुनै दिन कुनै क्षण कुनै पल
कौतुकमय सुखानुभूति दिन सकिन
जसबाट तिमीले
मीठो अहम् प्राप्त गर्न सक
र,
खुसी र उमङ्गलाई ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न सक ।
यतिका बर्षका बाङ्गाटिङ्गा अप्ठ्यारा प्राप्तिमा
दुःखलाई पन्छाएर
सुख प्राप्तीका स्वर्णिम कल्पनामा
खुसीका दिवसहरू मनाई रह्यौं ।
कुनै गुनासाहरू भनिनौ
न त मैले नै सोधेँ
थाहा पाइपाइ पनि थाहा नपाएझैँ गरिरहेँ
तिमी मेरा हरेक सन्तुस्टीमा
जुनेली रातझैँ
शीतलता दिईरह्यौ
म सन्तुष्ट भइरहेँ ।

  • कुस्मा ,पर्वत ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ३७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको