९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र असन्तुष्टि



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टी भित्र असन्तुष्टी बढेको छ ।

माओवादीका केही नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै गम्भिर असहमति प्रकट गरेका छन् ।

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत असन्तुष्टी जनाएका छन् ।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने र संशोधन नगरे संसदमा हुने मतदानमा विपक्षमा मतदान गर्ने अडान माओवादीको थियो ।

तर, एमसीसीकै कारण सत्ताबाट बाहिरिनु पर्ने अवस्था आएपछि माओवादीको आइतबार विहान बसेको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
माओवादी केन्द्रका अर्का नेता लीलामणि पोखरेलले व्याख्यात्मक घषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

पार्टीको निर्णयपछि न्युज कारखानासँग कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने उनले बताए ।

‘एमसीसीमा ब्याख्यात्मक घोषणासहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्छ । यो ब्याख्याले सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा हुँदैन,’ पोखरेलले भने ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले न्युज कारखानासँग बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ४१ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय