३ पुस २०८२, बिहिबार | December 19, 2025

संविधान नै डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् ।

खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार भेटघाट कार्यक्रम राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जानकारी दिएका हुन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको भनाइ छ । सडकमा समेत नाराबाजी हुने भइरहेको अवस्थामा गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल हुन थालेपछि संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदन गर्न सहमति जनाएको प्रचण्डले बताए ।

संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आए पनि प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणापत्र जारी गरेर सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले जानकारी दिए ।

भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्को पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताए ।

‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्को पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्षनेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो ।’ अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको