२० श्रावण २०८३, बुधबार | August 6, 2026

गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न



बुटवल । गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता प्रदेश सभा सदस्य खड्ग बहादुर केसीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सांसद केसीले पौदीबाट स्थायी तथा अस्थायी बसोबास रुपन्देहीमा आएर गरेपनि जन्मथलोको विकासमा सवै लाग्नुपर्नेमा जोड दिए । पहिलेको तुलनामा अहिले धेरै पौदी हाल मुसिकोट नगरपालिका भित्र काम भएको भन्दै जन्मथलोको विकासमा बसाई सराई गरी यहां आएपनि लाग्नुपर्ने उनले बताए । अध्यक्ष लिलाधर गौतमले समाजले गाउंका सवैलाई एकआपसमा बाध्ने काम समाजले गरेको भन्दै यसले आपसी भाईचाराको विकास भएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार हरि श्रेष्ठ, शंकर केसी, ज्ञानेश्वर पौडेल लगाएतले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष टोम बहादुर थापाले प्रतिबेदन प्रस्तुत गरेका थिए । पौदीबाट रुपन्देहीमा आएर अहिले विभिन्न पेशा व्यवसायमा २ सय बढि रहेको समाजले जनाएको छ । कार्यक्रम उपाध्यक्ष चुरामणी पौडेलको स्वागत तथा सचिव हरि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा ३ जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका सार्थ ४४ जनालाई आजिवन सदस्यता प्रदान गरिएको थियो । त्यस्तै अधिवेशनबाट अध्यक्षमा चुरामणी पौडेल चयन भएका छन । समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चुरामणी पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयां नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा टोम बहादुर थापा, सचिवमा हरि पौडेल, सह सचिवमा शेर प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा बासुदेव भुसाल चयन भएका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ११ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको