६ पुस २०८२, आइतबार | December 21, 2025

गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न



बुटवल । गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता प्रदेश सभा सदस्य खड्ग बहादुर केसीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सांसद केसीले पौदीबाट स्थायी तथा अस्थायी बसोबास रुपन्देहीमा आएर गरेपनि जन्मथलोको विकासमा सवै लाग्नुपर्नेमा जोड दिए । पहिलेको तुलनामा अहिले धेरै पौदी हाल मुसिकोट नगरपालिका भित्र काम भएको भन्दै जन्मथलोको विकासमा बसाई सराई गरी यहां आएपनि लाग्नुपर्ने उनले बताए । अध्यक्ष लिलाधर गौतमले समाजले गाउंका सवैलाई एकआपसमा बाध्ने काम समाजले गरेको भन्दै यसले आपसी भाईचाराको विकास भएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार हरि श्रेष्ठ, शंकर केसी, ज्ञानेश्वर पौडेल लगाएतले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष टोम बहादुर थापाले प्रतिबेदन प्रस्तुत गरेका थिए । पौदीबाट रुपन्देहीमा आएर अहिले विभिन्न पेशा व्यवसायमा २ सय बढि रहेको समाजले जनाएको छ । कार्यक्रम उपाध्यक्ष चुरामणी पौडेलको स्वागत तथा सचिव हरि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा ३ जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका सार्थ ४४ जनालाई आजिवन सदस्यता प्रदान गरिएको थियो । त्यस्तै अधिवेशनबाट अध्यक्षमा चुरामणी पौडेल चयन भएका छन । समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चुरामणी पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयां नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा टोम बहादुर थापा, सचिवमा हरि पौडेल, सह सचिवमा शेर प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा बासुदेव भुसाल चयन भएका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ११ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको