५ पुस २०८२, शनिबार | December 20, 2025

महासचिव सहितको पदाधिकारीमा भागबण्डा नमिलेपछि माओवादी बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहान ११ बजेबाट बैठक बस्ने पूर्व निर्धारित कार्यक्रमलाई सारेर दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः बस्दै नबसी स्थगित गरिएको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार आज ११ बजे राष्ट्रियसभामा बैठक बस्ने तय भएको थियो । तर बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने बन्दै बैठक दिउँसो २ बजे स्थान समेत परिवर्तन गर्दै अनुपम फुडल्याण्डमा बस्ने सूचना गरिएको थियो ।

फेरिपनि आन्तरिक तयारी गर्ने भन्दै अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले रिपोर्टिङ गरेका थिए भने नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा पार्टीबाट गलत भएको भन्दै मन्तब्य राखेर स्थगित भएको थियो । बैठकमा ४ जना नेताले फरक मत दर्ज गरेका थिए ।

आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा रहेका थिए ।

पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको माओवादी निकट स्रोतले दाबी गरेको छ । पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । प्रचण्ड निकट रहेका २ भन्दा बढी नेताले महासचिवमा आकाँक्षा राखेपछि अध्यक्ष प्रचण्ड अप्ठेरोमा परेका छन् । आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा समस्या देखिएको छ । माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायत नेताहरुको दाबेदारी रहँदै आएको छ ।

माओवादी केन्द्रको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ ।

पार्टीको प्रमुख पदमा बार्गेनिङ गर्ने उद्देश्यले नेता नारायकाजीले एमसीसीको बहाना खोजेको पनि प्रचण्ड निकटका केही नेताहरुले चर्चा गर्ने गरेका छन् । फरकमतका नाममा प्रमुख पदहरुमा आफु निकटका नेताहरुलाई पु¥याउने योजना अन्तर्गत श्रेष्ठबाट फरक मत आएको ती नेताको आँकलन छ ।

माओवादीको गत माघमा सम्पन्न महाधिवेशनले नेतृत्व चयनका साथै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरेपनि अरु कमिटी गठन गर्न सकेको छैन ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको