२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा सियारीमा चेस खेलकुद तालिम प्रदान



बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको छ । दुई दिन सम्म सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको दृष्टि बिहिन श्रोत विद्यालय विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।

तालिमका एक कार्यक्रमका विच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले दृष्टिविहनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यान्तै खुसी लागेको बताईन । उनले गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि जहिले पनि सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मीता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिईन ।

दुई दिन सम्म चलेको तालिममा प्रशिक्षक जीवन पोख्रेलले सहजीकरण गरेको नेत्रहिन युवा संघ रुपन्देहीका कोशाध्यक्ष माधव कमला पौडेलले जानकारी दिइन । सोही कार्यक्रममा नेत्रहिन युवा संघ रुपन्देहीले विद्यालयमा अध्यायनरत दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु तथा स्टालस समेत प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ५० बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका