काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजेदेखि सुरु हुने भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै बैठकमा नपुगेपछि नेताहरुले कुरिरहेका छन् ।
बिहान ११ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पौने १२ बजेसम्म पनि पार्टी अध्यक्ष प्रचण्ड बत्तिसपुतलीको अनुपम पार्टी प्लेसमा नपुगेपछि बैठक सुरु हुन नसकेको एक नेताले बताए ।
बैठक ११ बजेदेखि सुरु भनिएपछि सबै केन्द्रीय सदस्य समयमै हलमा पुगिसकेका थिए । तर पार्टी अध्यक्ष प्रचण्ड समयमै बैठकमा नपुगेपछि नेताहरु उनलाई कुरेर बसेका छन् ।
गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार र आइतबार स्थागित भएको थियो । सोमबार सारिएको बैठकमा पनि प्रचण्ड समयमै पुगेका छैनन्।



















प्रतिक्रिया