४ असार २०८३, बिहिबार | June 18, 2026

अध्यक्ष तिमिल्सिनाले गरे फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलसँग भेटघाट



काठमाडौं। नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गरे।

फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैं प्रेरणादायी रहँदै आएको बताए ।

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्‍भाव र आपसी समझदारीमा आधारित रहेको छ,अध्यक्ष तिमिल्सिनाले भने वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको छ। यसमा दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौ।

भेटका क्रममा उनले अहिलेको विश्वको साझा चुनौति भनेको कोरोना महामारी र जलबायु परिवर्तन रहेको बताउँदै त्यसको सबै मिलेर सामना गर्नुपर्ने धारणा राखे।

त्यसैगरी फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रियोटनले आफूहरुको नेपाल भ्रमणका क्रममा गरेको आथित्यता र सम्मानप्रति आभार व्यक्तगरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २३ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक