७ श्रावण २०८३, बिहिबार | July 24, 2026

युक्रेनको राजधानी किभ नजिकै पुग्यो रुसी सेना हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण



किभ । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा भनेको छ, ‘उनले दुश्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् । मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो सहरका मेयरले बताएका छन् । सो सहरमा १२ सय जनाको मृत्यु भइसकेको छ । खाद्यन्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् । मारिओपोलमा बिगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् ।

रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्य शहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुबरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो । -एजेन्सी

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : ४५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी