काठमाडौं । नेपाली कांग्रेसले आज एक महिने चुनावी अभियान सुरु गर्न लागेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हो । कांग्रेसले घरघर जाऔं, कांग्रेसलाई जिताऔं नारा दिएर अभियान सञ्चालन गर्न लागेको हो ।
आज एकैपटक देशका ७७ जिल्लामा अभियान सुरुआ गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । दिउसो १ बजे सबै जिल्लामा एकैसाथ केन्द्रीय नेताहरुले अभियानको उद्घाटन गर्दै छन् ।
अभियानका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्यलाई खटाइसकेको छ । प्रत्येक जिल्लामा केन्द्रीय नेताले अभियानको नेतृत्व गर्नेछन् ।
एक महिने अभियानका क्रममा संगठन विस्तार, स्थानीय तह तथा वडासम्म कार्यसमिति गठन गरिने भएको छ । यससँगै अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा जानकारी दिइने भएको छ ।
त्यस्तै, कांग्रेस नेतृत्वका सरकारले गरेका कामको प्रचार गरिने भएको छ । यो अभियान चैत २९ गतेसम्म चल्ने भएको छ।



















प्रतिक्रिया